विराटनगर । विराटनगरमा खुल्ला कराँते प्रतियोगिता सुरू भएको छ । विराटनगरस्थित कभड हलमा शुक्रबार प्रतियोगिता सुरू भएको हो ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटनाका खेलाडीहरुको सहभागिता छ । भारतका तीन, भुटानको एक र नेपालको ५ गरी ९ टिमको सहभागिता छ ।
भारतका कोलकाता, दार्जिलिङ्ग र खर्साङको सहभागिता रहेको विराट कराँते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी गराए ।
प्रतियोगितामा कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ । यस्तै मधेश प्रदेशको सप्तरीको टिमको सहभागिता छ ।
पाँच लाख ४५ हजार खर्च हुने उक्त प्रतियोगितामा करिब २ सय बढी खेलाडीहरुको सहभागि रहेको उनले बताए ।
प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धमा १९ तौल समूहमा खेलहरु भइरहेको छ ।
प्रतियोगिताको उदघाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिब हंशराज वाग्ले गरे ।
प्रतिक्रिया