काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेपछि कांग्रेस नेताहरुको नाम मुछिन थालेपछि प्रधानमन्त्री निवास बालुवाटारमा तीन प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् ।
यसअघि शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव टोपबहादुर रायमाझीको नाम मुछिएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई दुईपटक भेटेका थिए ।
त्यसलगत्तै कांग्रेस नेता बालकृष्ण खाण, मञ्जु खाण र आरजू देउवाको समेत नाम मुछिएपछि यो प्रकरणले कांग्रेस, एमालेभित्र तरंग उत्पन्न भएको छ ।
एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् भने कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रहरीको सम्पर्कमै छन् ।
प्रतिक्रिया