अब सुध्रिने समय आएको छः कोइराला

बुधबार, ०३ जेठ २०८०
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचनमा कांग्रेस पार्टी एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन् । काठमाडौमा प्रजातान्त्रिक विचार समाजको २५औं साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । कांग्रेस पार्टी यतिबेला अत्यन्तै अप्ठ्यारोमा परेको बताउँदै उनले हरेक पाईलामा पार्टी एक्लै उभिनुपर्नेमा कोइरालाको जोड दिए । अहिलेको निर्वाचन पद्दतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने धारणा राखे । कोइरालाले पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति आम जनताको धारणा नकारात्मक रहेकोले नेताहरु सुध्रिने समय आएको पनि बताए । कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने पनि बताए । ‘जुनसुकै दल वा जुन तहका व्यक्ति भए पनि कानुनबमोजिम कारबाही हुनैपर्छ’ कोइरालाले भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार