नेपाली कांग्रेस अझै मझबुत बन्नेछः रिजाल

विहीबार, ३२ जेठ २०८०
इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले अहिले आमजनमानसमा जुन किसिमको राजनीतिक वितृष्णा जागेको भनिएको छ त्यो सत्य नभएको बताएका छन् । इलामको सुूर्योदय नगरपालिकामा नेपाली कांग्रेसको प्रथम नगर सम्मेलन उद्घाटनका क्रममा उनले नेपाली कांग्रेस पार्टीलार्इ अझ मजबुत ढंगले अगाडि बढाउन मार्गचित्र बनेकाले कार्यकर्तालाई विचलित नहुन उनको आग्रह छ । ग्रासरूटमा उठेका जिज्ञासाहरू केन्द्रमा लगेर छलफल गर्ने उनले बताए । यस्तै पार्टीका जिल्ला सभापति डम्बरबहादुर खड्काले देशमा परेको सबैजसो संकटमा नेपाली कांग्रेस नै चाहिने भएकाले पार्टीलाई बलियो बनाएर लैजानु पर्नेमा जोड दिए । पुर्व जिल्ला सभापती एवम महासमिति सदस्य केशव थापाले पार्टीको भन्दा नेताको कमीकमजोरीले गर्दा पार्टी विग्रिएको र यसलाई समाल्न केन्द्रीय नेताको मति सप्रिनु पर्ने बताए । कार्यक्रममा महासमिति सदस्य टिकाराम लेप्चाले नेताहरू कि सकिनु पर्ने कि सच्चिनु पर्ने धारणा व्यक्त गरे । सम्मेलन नगर सभापति जीवनकुमार नेपालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला उपसभापति खगेन्द्र देवान, महासमिति सदस्य भेसराज आचार्य महासमिति सदस्य हिमालय कर्मचार्य लगायत पाटीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार