समाजवादी मोर्चा बनाएर अघि बढ्ने चार दलको तयारी

शुक्रबार, ०१ असार २०८०
काठमाडौं । माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीसहित चार दलले समाजवादी मोर्चा बनाएर अघि बढ्ने तयारी गरेका छन् । माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले संयुक्त मोर्चा बनाउने तयारी गरेका हुन् । माओवादी केन्द्र, जसपा र समाजवादीले पार्टी एकताकै तयारी गरेको भए पनि तत्कालका लागि मोर्चा बनाएर अघि बढ्ने सहमति जुटेको नेताहरुको भनाइ छ । गत निर्वाचनमा यी दलको जनमत खस्किएकाले आफ्नो शक्ति बलियो बनाउन मोर्चाबन्दीमा लागेका हुन् । माओवादी केन्द्र र जसपा राष्ट्रिय मान्यता प्राप्त पार्टी हु्न् भने बाँकी ३ दलले राष्ट्रिय मान्यता पाएका छैनन् । मोर्चाको तयारीमा रहेका दलमध्ये स‌ंसदमा माओवादी केन्द्रका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । मोर्चा बनाउँदा उनीहरुका साथमा ५४ सांसद हुनेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार