समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादीको निर्णय

शुक्रबार, ०१ असार २०८०
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी  पार्टीले माओवादी केन्द्रसहितको समाजवादी मोर्चामा सहभागी बन्ने  औपचारिक निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको हो । बैठकपछि पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने जानकारी दिए । उनले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक तयारी पूरा भइसकेपछि अबको दुई चार दिनभित्रमा मोर्चा घोषणा हुने बताए । ‘समाजवादी मोर्चा गठन बारे हामीले लामो समयदेखि चर्चा गरिरहेका थियौं,’ उनले भने, ‘आज हामीले समाजवादी मोर्चा नेपाल सहभागी हुने सर्वसम्मतिले घोषणा गरेका छौं ।’ उनले संसद् र संसद्‌बाहिर समाजवादी विचारधारा प्रवाह गर्ने, देशको विकासमा वकालत गर्ने, आमजनतालाई दिने सेवा सुविधा दिन दबाब दिनेगरी मोर्चा घोषणा गर्न लागिएको जानकारी दिए । समाजवादी मोर्चामा अहिलेसम्म नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी हुने बताइएको छ । मोर्चा आजै घोषणा गर्ने भनिए पनि आजको कार्यक्रम स्थगित भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार