समाजवादी मोर्चाको औचित्य छैन : ओली

आइतबार, ०३ असार २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चा एमालेविरुद्ध मुकाबिला गर्न बनाउन खोजेको बताएका हुन्। पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका साना दल मिलेर बन्न लागेको समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताएका हुन् । उनले समाजवादी मोर्चा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन बन्न लागेको तर्क गरे। ओलीले भने,‘गठबन्धन सठबन्धन हुँदै गर्छ। गठबन्धनले मात्र नपुगेर एउटा समाजवादी मोर्चा चर्चा रहेछ। समाजवादी मोर्चा के का लागि भन्दा एमाले विरुद्ध मुकाबिला गर्नलाई रहेछ। त्यसका दुई वटा उद्देश्य छ एउटा  एमालेविरुद्ध मुकाबिला गर्ने र अर्को कांग्रेसलाई तर्साउने। समाजवादी मोर्चा बनाउँ त भनेर । ’उनले भने, ‘समाजवादी मोर्चा बनाएर हुन्छ के ? तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेका छन्। लिभिङ टुगेदर त चलिरहेकै छ।’ राष्ट्रियता, सामाजिक न्याय, लोकतन्त्र र लोकतान्त्रिक राजनीतिक संस्कारको सवालमा एमाले अगाडि रहेको बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार