समाजवादी मोर्चा घोषणा

सोमबार, ०४ असार २०८०
काठमाडौँ । चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ । काठमाडौँमा सोमबार आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो । सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा मोचाका १५ वटा उद्देश्य, नीति तथा प्रतिबद्धता उल्लेख गरिएको छ । यस्तै मोर्चाको निर्णय प्रक्रिया, नेतृत्व, संगठनात्मक प्रक्रियालगायतका विषयमा पनि सहमतिपत्रमा स्पष्ट गरिएको छ । ‘यस सहमति–पत्रमा सहमति जनाई हस्ताक्षर गर्ने दलहरू यस मोर्चाको सदस्य हुने छन् । मोर्चा निर्माण भइसकेपछिको अवस्थामा समितिले निर्णय गरी अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि यसमा समावेश गर्न सकिने छ’, प्रतिबद्धतापत्रमा भनिएको छ ।  यसका सदस्यहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्य विपरीत हुने गरी आफ्नो गतिविधि नगर्ने पनि प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार