सरकार बरालिन थाल्यो: शेखर कोइराला

मंगलबार, ०५ असार २०८०
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले श्रम अदालत बनाउन पहल गर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसकाे सातौँ महाधिवेशन उद्घाटनमा उनले भने," अन्तरिम संविधानमा श्रम अदालतको व्यवस्था तियो ।  कम्युनिस्टहरूका कारण २०७० सालको संविधानमा श्रम अदालतको व्यवस्था गर्न नसकिएको हो । अब श्रम अदालतका लागि हामीले प्रयास थाल्छौँ ।" पार्टीको केन्द्रीय तहमा ट्रेड युनियन कांग्रेसकाे प्रतिनिधित्व गराउने विश्वास दिलाए । यस्तै, सरकार बरालिन थालेको नेता कोइरालाले बताए । उनले भने, "सरकार कता कता बरालिन थालेको छ । दण्डहिन्ता र भ्रष्टाचारका विरुद्धमा हाम्रो साथीहरू उभिनुपर्छ । सरकारमा कांग्रेस साथीको राम्रो उपस्थित छ। हाम्रा साथीहरू सजग हुनुपर्छ ।"

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार