अनिल केशरी शाह रास्वपामा

विहीबार, ०७ असार २०८०
काठमाडौँ । पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश गरेका छन् । वैकल्पिक राजनीतिको पक्षमा लामो समयदेखि बहस गर्दै आएका उनी अन्ततः रास्वपाको पहिलो बार्षिकोत्सवको दिन नै पारेर पार्टी प्रवेश गरेका हुन् । रास्वपाले चुनावअघि स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएको थियो । रास्वपाकै टिकटबाट स्वर्णिम सांसद समेत उपनिर्वाचनबाट निर्वाचित भएका थिए । गत असार ७ गते रास्वपा रवि लामिछानेका नेतृत्वमा स्थापना भएको थियो । एक वर्ष पुग्दा रास्वपा चर्चाको केन्द्रमा रहेको छ । रास्वपाले वार्षिकोत्सवको अवसरमा चियापानको कार्यक्रम आयोजना गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार