'तत्काल कांग्रेस-एमालेको सरकार बन्ने अवस्था छैन'

शुक्रबार, ०८ असार २०८०
काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेस र नेकपा एमालेको सरकार तत्काल बन्ने अवस्था नरहेको बताएका छन् । कांग्रेस र एमालेको समीकरण बनेर वर्तमान सरकारको विकल्पबारे विभिन्न प्रसं‌गहरु चलिरहेका बेला नेता विश्वकर्माको उक्त भनाइ आएको हो । सभापति शेरबहादुर देउवा निकट नेता विश्वकर्माले पार्टीको घोषित निर्णय अनुसार संवाद नभएको बताए । ‘फुर्सद भएका र मन्त्री हुन नपाएकाहरु त लागिहाल्छन् नि । कोही लागेको भएपनि पार्टीबाट निर्णय भएर लागेका होइनन्,’ विश्वकर्माले भने । कांग्रेसभित्र पछिल्लो समय माओवादीलाई बोकेर हिँड्न नहुने मत बढिरहेको कतिपय नेता ठान्छन् । ‘यो समीकरण जोगाउन १/२ जनालाई इच्छा हुनसक्ला । अब माओवादीको साथ छोड्न पर्ने मत बढिरहेको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार