पाँच वर्षसम्म यही गठबन्धन : प्रधानमन्त्री

सोमबार, ११ असार २०८०
काठमाडौँ । अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्म अगाडि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । 'अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुने, नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ,' प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो काम गरे पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृति भएकाहरूले अनावश्यक विरोध गरेको बताएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार