एमाले र कांग्रेसको संयुक्त सरकार बन्ने सम्भावना छैन : मन्त्री साउद

शनिबार, १६ असार २०८०
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बन्ने कुनै सम्भावना नरहेको बताएका छन् । डडेलधुरा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउदले आफूहरू प्रतिपक्षका मागलाई अधिकतम सम्बोधन गर्ने प्रयत्नमा रहेको उल्लेख गरे । उनले भने, ‘हामीलाई पुस १० गतेको घटना हेक्का रहेकै छ । हामीले इतिहासबाट पाठ सिक्नुपर्छ । त्यसैले अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनै पनि सम्भावना छैन ।’ मन्त्री साउदले कालापानी र लिम्पियाधुरा क्षेत्रको समस्या समाधानका लागि भारतसँग कूटनीतिक रूपमा कुरा अगाडि बढेको पनि बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार