क्ष्टहरी । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस इटहरीको घोषणापत्र लेखेका मनु मन्जिल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।
उनी त्यस बेला घोषणा पत्र लेखन समिति संयोजक थिए ।
मञ्जिललाई शनिबार इटहरीमा रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य हरि ढकालले पार्टीको सदस्यता प्रदान गरे।
पुरानो पार्टीमा बसेर क्षमताको कदर नहुने साथै आफन्त र ठुला नेताको वरपर बसेकालाई काखी प्याप्ने परम्पराका कारण काङ्ग्रेस परित्याग गरेको उनले बताए ।
‘३४ वर्ष हेरियो अब कति बस्ने ?’ मन्जिलले भने ‘देशलाइ नयाँ ढंगबाट केही दिनुपर्छ भन्ने उद्देश्यसाथ नयाँ पार्टीमा प्रवेश गरेको हुँ ।’
मन्जिल चर्चित कवि हुन् । रास्वपाले केही महिनादेखि उनलाई पार्टीमा सहभागी गराउन प्रयास गरिरहेको थियो ।
उनलाई अब पार्टीको केन्द्रीय समिति सदस्यमा मनोनयन गरिने स्रोतले जनाएको छ ।
प्रतिक्रिया