'देउवा पाँचपटक प्रधानमन्त्री भाग्यले होइन, योग्यताले'

आइतबार, १७ असार २०८०
काठमाडौँ । परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले शेरबहादुर देउवा योग्यताले नै पाँच–पाँच पटक प्रधानमन्त्री भएको बताएका छन् । नेपाली कांग्रेस अछामद्वारा चौरपाटीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, ‘धेरै मान्छेले भन्छन् –शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन् । उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन।’ पाँच– पाँच पटक कुनै पनि माान्छेलाई लट्री नपर्ने साउदको भनाइ छ । ‘तपाईं कसैलाई पाउनुहुन्छ ५ पटक लट्री परेको मान्छे ? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ ?,’ उनको प्रश्न छ, ‘शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो।’ नेतामा योग्यता, पार्टीको विचार र चिन्तनले देउवा पाँच पटक प्रधानमन्त्री भएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार