कोशी प्रदेश सरकारको नेतृत्व आफूले गर्ने कांग्रेसको निर्णय

आइतबार, १७ असार २०८०
विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व आफूले गर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिको पदाधिकारी बैठकले आइतबार यस्तो निर्णय गरेको हो । सभापनि एवं कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोशी प्रदेशमा नयाँ सरकारको नेतृत्व गठबन्धन दलको सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेस भएको हुनाले पहिलो पटक प्रदेश सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गर्ने निर्णय गरेको जनाइएको छ । सरकारको नेतृत्व संसदीय दलका नेता काङ्ग्रेस प्रदेश कार्य समितिका सभापति थापाले गर्ने निर्णय बैठकले गरेको एक नेताले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार