काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (बुधबार) को संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग्ने तयारी गरेको छ ।
प्रधानमन्त्री दाहालले सार्वभौम संसदको अवमूल्यन हुने गरी सरकार बनाउन विदेशी शक्तिको भूमिकाबारे अभिव्यक्ति दिएको भन्दै एमालेले आजको संसद् बैठक अवरोध गर्ने तयारी गरेको हो ।
त्यसबारे छलफल गर्न एमालेले संसदीय दलको बैठकसमेत बोलाएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को अपमान भएको एमालेको टिप्पणी छ ।
प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । प्
रधानमन्त्री दाहालले सोमबार पुस्तक विमोचनसम्बन्धी एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह कैयौंपटक दिल्ली गएको भनेका थिए ।
यसैगरी राप्रपाले पनि प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् बैठकमा अवरोध गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया