प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभा बैठक अवरुद्ध

बुधबार, २० असार २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै नेकपा एमालेले बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमालेका संसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध गरेका थिए । बैठकमा एमाले सांसद रघुजी पन्तले भने, ‘प्रधानमन्त्रीले जे भन्नुभएको छ‚ नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । दिल्लीले बनाउने प्रधानमन्त्री चाहिँदैन । प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अघि बढ्न सक्दैन ।’ एमाले‚ रास्वपा र राप्रपाका सांसदहरू उठेर प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्न थालेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार