काठमाडौं । सत्तारुढ पार्टीहरुको गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरिरहेको प्रमुख विपक्षी दल नेकपा (एमाले) को कदम असंसदीय रहेको ठहर गरेको छ ।
बिहीबकार सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने ठहर गरेको हो ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसदको सामना गर्ने निर्णय भएको बताएका छन् ।
‘संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छ भने संसदमा आवाज उठाउन पाउने उल्लेख गर्दै उनले राजीनामा माग्नु असंसदीय कदम भएको बताए ।
सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको आशयको अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया