विश्वकप छनोट प्रारम्भिक चरणमा नेपाल र लाओस भिड्ने

विहीबार, ११ साउन २०८०
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको प्रारम्भिक छनोटमा नेपालले लाओसको सामना गर्ने भएको छ। अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि भएको एसियाली छनोटको ‘ड्र’ मा नेपालले प्लेअफ चरणमा लाओसको सामना गर्ने भएको हो। मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा बिहीबार ‘ड्र’ सार्वजनिक गरिएको थियो। अब नेपालले अक्टोबरमा लाओसमा दुई लेग खेल्ने छ। पहिलो लेग अक्टोबर १२ र दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ। त्यसमा विजयी टिम दोस्रो चरणमा प्रवेश गर्नेछन्। दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन्। यस चरणमा प्लेअफ पार गर्ने १० टोलीसहित कूल ३६ टोलीलाई ४-४ टोलीको ९ समूहमा विभाजन गरेर प्रतियोगिता गरिने छ। सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरणमा खेल्ने छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार