एसईई रनिङ शिल्डको फाइनल आज, बराह र सत्यनारायण भिड्दै

शनिबार, १३ साउन २०८०
  विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको आज दिउँसो विराटनगर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा फाइनल हुदैछ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराह राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि पुगेको छ । बराहले ४ र सत्यनारायण माविले पनि ४ वटा स्कुललाई हराउँदै उपाधि निजिक पुगेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद स्मृति माविलाई ३–१ गोलले पराजित गर्दै बराहा राईजिङले फाइनलको यात्रा सुरक्षीत गरो । जितको लागि बरहाका रोहन राईले २ गोल र आयुश रुचाल मगरले १ गोल गरेका थिए । सान्तवना गोल सहिद स्मृति स्कलका सुशील राईले फर्काए । म्यान अफ द म्याच बराहा राईजिङका रोहन राई घोषित भए । दोस्रो सेमीफाइनल खेलमा साविक विजेता मोरङको बुढीगंगाकामा रहेको जेभियर्स स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सत्यनारायण मावि फाइनलमा पुगेको हो । निर्धारितसम्म १–१ गोलको बराबरी भएपछि जितको निर्णायक टाइब्रेकरबाट भएको हो । म्यान अफ द म्याच सत्यनारायण माविका हेमन्त राजबंशी घोषित भए । प्रतियोगितामा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक बिक्की कार्कीले जानकारी दिए । प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफि गिफट ह्याम्पर प्राप्त गर्नेछन् । विधागत रुपमा जित्ने खेलाडीहरुलाई पनि ट्रफी गिफट ह्याम्पर विद्यालयले छात्रवृत्ती दिनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार