युरोपेली लिग खेल्न सावित्रा इजरायल प्रस्थान

मंगलबार, १६ साउन २०८०
काठमाडौं । नेपाली फुटबलकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ युरोपेली लिग खेल्न इजरायल प्रस्थान गरेकी छन् । इजरायल शीर्ष डिभिजन लिग इजरेली प्रिमियर लिग खेल्ने क्लब हापोएल रानाना एफसीमा अनुबन्ध भएकी उनी मंगलबार बिहान त्यसतर्फ उडेकी हुन् । मध्य पूर्वी राष्ट्र इजरायलमा आयोजना हुने ‘इजरेली प्रिमियर लिग’ युरोपेली फुटबल महासंघ युएफा मातहतको हो । उनी एसियाली लिगभन्दा बाहिर खेल्ने नेपालकै पहिलो खेलाडी हुन् । यसअघि उनी भारतीय लिगमा गोकुलम केरेला एफसीबाट खेल्दै आएकी थिइन् । उनले भारतमा दुई फरक क्लब गोकुलम र सेतु एफसीबाट लिग जितेकी छन् । गत सिजन उनकै महत्त्वपूर्ण भूमिकाले गोकुलम एफसीले लिग जितेको थियो । उनले १० खेलमा २९ गोल गरेकी थिइन् । राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता उनले ४२ अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरेकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार