विराटनगर । सातौं ददिक्षण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगर महानगरपालिकाले विदाई गरेको छ ।
भारतको हैदरावादमा अगस्त ४ देखि हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले विदाई गरिन् ।
कोशी प्रदेशबाट १० जना खेलाडी र ३ जना रेफ्रीले प्रतियोगितामा सहभागिता जनाउने नेपाल तेक्वान्दो संघ कोशी प्रदेशका अध्यक्ष प्रविण कार्कीले जानकारी दिए । भारत जाने टोलीमा कार्कीसहित रेफ्री राजेन्द्र धिमाल र चन्द्रबहादुर तामाङलगायत छन् ।
त्यस्तै, रजिना मगर भोजपुर, वीरबहादुर तामाङ भोजपुर, आलोक राई पाँचथर, रोशन मगर झापा छन् । मोरङबाट नितेश खवास, केरिसा आचार्य, सविना मगर, सोमबहादुर राजवंशी, श्यामप्रसाद बास्कोटा, कुसुम राजवंशीले प्रतियोगितामा सहभागिता जनाउने कार्कीले बताए ।
प्रतिक्रिया