नेपाली महिला क्रिकेट टिमले टी-२० सिरिज खेल्ने

शनिबार, २७ साउन २०८०
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् । पहिलो खेल नेपालले अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्राे खेल अगष्ट २५ मा मलेसियासँग खेल्न छ । वायुमास ओभलमा हुने सिरिजमा सिंगल राउण्ड रोविनकफ खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार