नेविसंघ जनता बहुमुखी क्याम्पसद्वारा क्रिकेट प्रतियोगिता सुरु

बुधबार, १३ पुस २०७९
इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस प्राङ्गणमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । विद्यार्थीहरूलाई खेलकुदको माध्यममा पनि सक्रिय बनाउनका निम्ति क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो । बुधबार (आज) बाट सुरु भएको खेलको पहिलो दिन आयोजक र विश्व आदर्श कलेज विजयी भएका छन् । आयोजक जनता बहुमुखी क्याम्पस र सुष्मा गोदावरी कलेजबीच भएको २० ओभरको खेलमा जनता बहुमुखी कलेजले १११ रन ले सुष्मा कलेजसँग सहज जित निकालेको छ । जनता कलेज (रातो) ले १६२ रनको टार्गेट दिएको मा सुष्मा कलेज ४९ रनमा अल आउट भयो । उक्त खेलमा जनता बहुमुखी क्याम्पसका सेमन्त रेग्मीले ६४ रन अर्धसतक व्यक्तिगत बनाए भने अर्का जनता बहुमुखी क्याम्पसका खेलाडी बलर शिव अधिकारीले ५ विकेट लिएर खेलको म्यान अफ द म्याच भए । यस्तै, दोस्रो खेलमा विश्व आदर्श कलेज र नमुना कलेजबीच भएको थियो । २० ओभरको खेलमा विश्व आदर्श कलेजले ७६ रनले जित निकालेको छ । विश्व आदर्शले १९० रनको टार्गेट दिएकोमा नमुना कलेजले ११४ रनमा अल आउट भएको छ । उक्त खेलमा नमुना कलेजका गौरव कटुवाल ले ५४ रन अर्धसतक व्यक्ति रन बनाएका थिए भने विश्व आदर्श कलेजका अङ्कित गुरागाईँले ६२ रन अर्धसतक र ३ वीकेट व्यक्तिगत आफ्नो नाममा जोडे र म्यान अफ द म्याच भए । नेविसंघ जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेका अनुसार ‘जहाँ विद्यार्थी त्यहाँ नेविसंघ, जहाँ नेविसंघ त्यहाँ खेलकुद’ भन्ने सन्देश दिनका लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । आँफूहरूले विगतका दिनमा पनि विद्यार्थीको हकहितसँगै खेलकुदका गतिविधिमा सक्रिय भएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार