कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले एमाले सधै मजदुरको हितमा काम गरिरहेको बताइन् । उनले आफु धरान उपमहानगरपालिकाको कार्यवाहक मेयर हुँदा धरानको भानुचोकमा हेल्प डेस्कको व्यवस्थान गरेको, मजदुरहरुकोलागी बजेट विनियोजन गरेको स्मरण गरिन् ।
नेयास्वमस धरानका अध्यक्ष कमल भट्टराईले मजदुरलाई पार्टीले उपेक्षा गरेको कारण निर्वाचनमा पराजय भोग्नुपरेको बताए । उनले संगठनले सधै मजदुरको हितमा काम गरिरहेका बताउदै अफ्टेरोमा परेका मजदुरहरुलाई आर्थिक सहयोग समेत जुटाउदै वितरण गर्ने गरेको बताए । कार्यक्रममा प्रदेश सांसदद्वय रमेशकुमार बस्नेत र विजय राई, संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, पूर्व अध्यक्ष मोतीराज सुनुवार, संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानिया लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया