कोशी सरकार विस्तार ः मुख्यमन्त्रीसँग एमालेको छलफल

सोमबार, १३ कार्तिक २०८०
विराटनगर /कोशी प्रदेश सरकारलाई पूर्णता दिने सम्बन्धमा नेकपा एमाले र मुख्यमन्त्री बिच छलफल छलफल भएको छ । मन्त्रीपरिषद्लाई कसरी पूर्णता दिने भन्ने सन्दर्भमा एमालेका नेताहरूसँग मुख्यमन्त्रीले छलफल गरेका हुन् । बैठकमा सहभागी नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले मन्त्रीपरिषद् विस्तारका साथै सरकारका आगामी काम कारबाहीका सन्दर्भमा छलफल भएको बताए । उनले भने, ‘हामीले आज प्रारम्भिक छलफल गर्‍यौँ, भोली निष्कर्षमा पुग्ने गरी सहमति भएको छ ।’ कोशी प्रदेशको मन्त्रीपरिषद् विस्तारमा सकस हुने देखिएको छ । नेकपा एमाले कुनै पनि हालतमा नेकपा माओवादी लगायत केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूलाई कुनै पनि हालतमा सरकारमा सहभागी नगराऔँ भन्ने चाहन्छ । अर्कोतर्फ नेपाली काँग्रेस र मुख्यमन्त्री केदार कार्की समेतले संयुक्त सरकार बनाउनका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार