एमालेको चियापान कार्यक्रम आज, राजनीतिक दलका नेताहरुलाई निम्तो

बुधबार, १५ कार्तिक २०८०
काठमाडौँ–नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुन लागेको हो । चियापानका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । यसअघि एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना तयारी गरेको थियो । तर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई मध्यनजर गर्दै एमालेले चियापान कार्यक्रम आज गर्न लागेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार