दमकमा खैरो हेरोइनसहित एक युवक पक्राउ

मंगलबार, ११ कार्तिक २०८२

झापा । झापा जिल्ला दमक नगरपालिका–९ शान्तीचोकबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्राप्त गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही वडा निवासी ३६ वर्षीय मनोज धिमाललाई पक्राउ गरेको हो । धिमालले चलाइरहेको मे १ ह ७०६५ नम्बरको सिटी सफारीको सिटमुनी लुकाइछिपाई राखेको अवस्थामा खैरो हेरोइन जस्तो देखिने लिसिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद पदार्थ प्लास्टिकसहित १२ ग्राम २० मिलिग्राम र प्लास्टिक बाहेक ६ ग्राम रहेको छ । साथै उनको साथबाट विभिन्न दरका नेपाली नगद १८ हजार रुपैयाँ र एक थान मोबाइल समेत बरामद गरिएको छ ।

पक्राउ परेका धिमाललाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार