विप्लव नेतृत्वको पार्टीले दियो निर्वाचन आयोगमा दल दर्ताको निवेदन

मंगलबार, ११ कार्तिक २०८२

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । मंगलबार नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि आयोगको कार्यालयमा नेताहरू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरू पुगेका थिए । 

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी हुने गरी नेकपामा नेताहरू दल दर्ताका लागि निवदेन दिएका हुन् । विप्लव महासचिव रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्वाचन आयोगमा दर्ता थिएन ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार