बाजुरा अस्पतालमा जिवनजल अभाव हुँदा विरामीलाई सास्ती

मंगलबार, ११ कार्तिक २०८२

बाजुरा । जिल्ला अस्पताल बाजुरामा महिनौँ देखि जिवनजलको अभाव हुँदा विरामीलाई सास्ती भएको छ । असोज पहिलो साताबाट सकिएको जिवनजल कार्तिक दोस्रो सातासम्म पनि पुग्न सकेको छैन्। 


झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने ओआरएस (जिवनजल)को अभाव हुँदा विरामीहरुलाई सास्ती हुने गरेको छ ।निःशुल्क रूपमा वितरण हुँदै आएको जीवनजलको आपूर्ति रोकिएपछि उपचारका लागि आएका बिरामीहरू महिनौँ देखि समस्यामा परेका छन्।
झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनौँसम्म नआउँदा  बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन्।


अस्पतालमा लामोसमयसम्म जिवनजल नहुँदा बिरामीहरुले सास्ती खेप्नु परेको बडीमालिका नगरपालिका वडा.नम्बर ७ का स्थानीय मेघराज तिमिल्सेनाले बताए ।अस्पतालमा जिवनजल नहुँदा बिरामीहरुले बाहिर मेडिकलबाट महङ्गोमा किनेर लिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। 
जतिसक्दो चाँडो जिवनजल आपुर्ती गरेको खण्डमा आफू जस्तैः अन्य विरामीलाई सहज हुने उनले बताएका छन्। यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार नयाँ खरिद प्रक्रियामा ढिलाई हुँदा जिवनजल समयमै उपलब्ध हुन नसकेको बताएका छन्।


जिवनजल खरिदको लागी टेन्डर खुलिसकेको र एक दुई दिनमै मुल्यांकन समितिबाट मुल्यांकन गरि कुन कम्पनीको टेन्डर पर्याे उक्त कम्पनीलाई सम्झौता अनुसार काम गर्न लगाई खरिद प्रक्रिया गरिने बताएका छन्। कार्तिक महिना भित्रै जिवनजल खरिद गरिने उनको भनाइ छ।


औषधि खरिदका लागि बजेटको पनि अभाव हुने गरेको अस्पतालले जनाएको छ। सरकारले निः शुल्क औंषधी वितरणको लागी कम रकम दिने हुँदा रकम अभावले नै औंषधी खरिदमा समस्या हुने गरेको हो । यस आर्थिक बर्षमा ९८ प्रकारका निः शुल्क औंषधीको लागी २६ लाख रकम हालेको भए पनि उक्त रकमले औंषधी खरिदमा अपुग हुने गरेको अस्पताल जनाएको छ।


जिवनजल अभाब हुदा झाडापखाला र जलवियोजनका बिरामीले जिवनजल निजि अस्पताल बाट किनेर खानुपर्ने बाध्यता छ । अस्पतालमा ९८ प्रकारका औषधि निशुल्क बिरामीलाई दिनुपर्ने रहेको छ । निःशुल्क औषधि अन्तर्गत जिवनजल अति आबश्यक पर्ने अन्तर्गत  पर्ने गरेको छ । तर अस्पताल बाजुरामा महिनौ सम्म पनि जिवनजल नहुदाँ झाडापखालाका विरामीलाई समस्या हुँदै आएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार