इलाम । इलाम २ मा रिक्त प्रतिनिधि सभा सदस्यपदका लागि निर्वाचन आयोगले मतदानको मिति तय नगर्दै आकाङ्क्षीहरु उम्मेद्वार बन्न दौडधुपमा लागेका छन् । २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा उक्त क्षेत्रबाट नेकपा एमाले नेता सुवासचन्द्र नेम्बाङ बिजयी भएका थिए । हृदयघातका कारण भदौ २७ मा नेम्बाङको निधन भएपछि उक्त क्षेत्रमा प्रनिनिधि सभा सदस्य पद खालि छ । आधा कार्यकाल बाँकि रहदै निर्वाचित जनप्रतिनिधिको मृत्यू भए उपनिर्वाचन गराउँनु पर्ने कानुनी प्रवधान छ । यद्यपी निर्वाचन आयोगले चुनावको मिति तोकेको छैन् । निर्वाचन हुने मिति टुंगो नलागे पनि दलहरुले आफ्नो आन्तरिक तयारी थालेका छन् । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवाद केन्द्र, संघिय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पाटी तथा स्वतन्त्र पाटीबाट उम्मेद्वारी दिन चाहने ब्यक्तिहरुको चर्चा सुरु भएको छ । केन्द्रमा सत्तासाझेदारी गरिरहेका माओवादी केन्द्र, संघिय समाजवादी लगायतका पाटीले नेपाली कांग्रेसका उम्मेद्वारलाई सघाउँन सक्ने आँकलन हुने गरेको छ । २०५६ यताका हरेक संसदीय निर्वाचनमा एमाले नेता स्वर्गीय सुवासचन्द्र नेम्वाङ बिजयी भएका थिए । काँग्रेसका उम्मेद्ववार दोस्रो स्थानमा देखिन्थे ।
एमालेबाट आकाक्षि को हुन ?
आगामी उपनिर्वाचनमा सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्बाङ एमालेका तर्फबाट उम्मेद्वार बन्न सक्ने चर्चा छ । अधिवक्ता समेत रहेका सुहाङले यसअघि आफ्ना बाबु निर्वाचित इलाम २ मा उम्मेद्वारीको वातावरण बने त्यसलाई ग्रहण गर्ने बताउँने गरेका छन् । एमाले इलामका उपाध्यक्ष उदय राइको पनि नाम चर्चामा छ । राइ २०७४ सालमा भएको पहिलो स्थानीयतह निर्वाचनमा सन्दकपुर गाउँ पालिकाको अध्यक्ष निर्वाचित भएका थिए । दोस्रो पटकको स्थानीयतह निर्वाचनमा भने सोहि पदमा सोहि ठाउँमा उनि पराजित भए । नेकपा एमाले कोशी प्रदेश सदस्य गणेश बराल पनि उम्मेद्वारका अर्का आकाङ्क्षी हुन् । बराल यस अघि जिल्ला समन्वय समिति इलामका प्रमुख थिए । २०७९ को प्रदेश सभा निर्वाचनमा पराजित भए । एमालेबाटै चर्चामा रहेको अर्को नाम हो, उमेश गुरुङ । उनि अहिले एमाले इलामका सचिव छन् । उपसचिव रवीन्द्र सुवेदीको नामपनि चर्चामा छ । लाभको पदमा नबसेका उनी अनेरास्ववियुका इलाम अध्यक्ष भइसकेका ब्यक्ति हुन् । लामो समयसम्म सुवासचन्द्र नेम्बाङको सहयोगी भएर काम गरेका बुद्धि खनालको नाम एमाले पंङ्तीमा चर्चामा छ । खनाल माइ नगरपालिका वडा नम्वर ७ का अध्यक्ष हुन् ।
काँग्रेसमा जसको चर्चा छ...
२०५६ यताका हरेक संसदीय निर्वाचनमा इलाम २ मा हार ब्यहोरेको नेपाली काँग्रेसका तर्फबाट पनि उत्तिकै संख्यामा उम्मेद्वारका आकाङक्षीको नाम चर्चामा छ । आकाङ्क्षी सूचीको पहिलो नाम हो, डम्बर खड्का । उनि नेपाली काँग्रेस इलामका सभापति हुन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्बाङसँग एक सय १४ को साँघुरो मतान्तरले पराजित भएका थिए । गत निर्वाचनमै नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वारको प्रतिस्पर्धामा रहेका भेषराज आचार्यको चर्चा पनि उस्तै छ । उनी अहिलेका पार्टी सभापती डम्बर खड्कासँग नेपाली काँग्रेसको १४ औं महाधिबेसनमा जिल्ला सभापतिका लागि प्रतिष्पर्धामा थिए । नेपाल शिक्षक संघ कोशी प्रदेश समितिका निवर्तमान अध्यक्ष तथा पाटीका जिल्ला सचिव पूर्णप्रसाद गौतम पनि उम्मेद्वारको दौडमा छन् । शिक्षण पेशा त्यागेर राजनीतिमा सक्रिय उनको चर्चा छ । नेपाली कांग्रेस इलामका पूर्व सभापती केशव थापा पनि आकाङक्षी देखिएका छन् । उनि यसअघि राज्य मन्त्री भइसकेका ब्यक्ति हुन् । तत्कालिन एमाले उम्मेद्ववार पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २०५१ सालमा हराएर राज्यमन्त्री समेत बनेका बेनुपराज प्रसाईको चर्चा पनि काँग्रेस बृतमा छ ।
साना दल र स्वतन्त्र पनि
दुइ ठूला दलका विभिन्न आकाङक्षीहरुको नाम चर्चामा आइरहेका अभिनेत्री एजिजा गौतमको चर्चा छ । तर उनको दलको टुंगो लागेको छैन् । जनमुक्ती पाटीबाट केन्द्रीय अध्यक्ष केपी पालुङ्वाको नाम सुनिएको छ । उनि अघिल्लो निर्वाचनमा पराजित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र थापा र राष्ट्रिय प्रजातन्त्र पाटीबाट गणेश प्रसाद दुलालको नाम चर्चामा छ ।
प्रतिक्रिया