चियापान कार्यक्रमले राजनीतिक तिक्तता हट्दैनः लामिछाने

बुधबार, १५ कार्तिक २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चियापानले राजनीतिमा भएको तितोपनलाई हटाउँछ भन्नु झूट भएको बताएका छन् । आज नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले राजनीतिक तितोपनलाई हटाउन चियापान काफी नभएको भन्दै त्यसका लागि छुट्टै बैठक र एजेण्डा हुनुपर्ने बताए । उनले भने, ‘यस्तो चियापानले राजनीतिमा भएको तितोपनलाई हटाउँछ भन्ने कुरा झूट बोलेको हुन्छ । त्यसका लागि छुट्टै बैठक र एजेण्डा हुनुपर्छ । राजनीतिक तिक्तताको मुद्दा छुट्याउनु पर्छ । अनि बैठक बस्नु पर्छ । यसका लागि रास्वपा सधैँ नै तयार छ ।’ उनले भने, ‘यो बीचमा भएका कमी कमजोरीहरुला ई कमसेकम सूचिगत गरेर यो ३–४ वर्ष तपाईहरु हामीलाई प्रतिपक्षमा छोडेर काम गर्नुस् भनेर मैले मुलुकको अवस्थाप्रति चिन्ता प्रकट गरेर सद्भावपूर्ण रुपमा भनेको हो । आम जनताको जीवनमा एक किसिमको तनाव देखिएको छ । त्यसलाई राष्ट्रिय रुपमा सम्बोधन गर्नका लागि सबै दलहरु मिलेर लागौं । हामी त नयाँ आएका हौं हामी प्रतिपक्ष सम्हाल्छौ भनेर भनेका छौ ।’ उनले सबै दलहरुको लक्ष्य एउटै भए पनि बाटोहरु फरक भएको हुनाले केही समस्याहरु आउनु स्वाभाविक भएको पनि बताए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार