सन्दीप लामिछानेमा देखियो डिप्रेसन,जेलभित्रै मनोपरामर्श दिइदै

सोमबार, १८ पुस २०७९
बलात्कारको मुद्दाका कारण जेलमा रहेका क्रिकेटर सन्दीप लामिछानेमा डिप्रेसनको समस्या देखिएको छ। बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले पुष्टि गरेका छन्  । लामिछानेमा नकारात्मक सोचाइ बढेको,मनमा धेरै कुरा खेलाउने, चिन्ता धेरै लिने लगायतका समस्या देखिएको घिमिरेले जानकारी दिएका छन् । कारागारमा काउन्सिलिङका लागि छुट्टै कोठाको व्यवस्था नभएकाले प्रभावकारी काउन्सिलिङ दिन गाह्रो भएको घिमिरेको भनाई थियो । सन्दिपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन्। गत मंगलबार काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो। सन्दीपमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। लामिछानेले १८ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप भए पनि सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार