देश अझै पनि आर्थिक दबावबाट गुज्रिरहेको छः प्रधानमन्त्री प्रचण्ड

विहीबार, २३ कार्तिक २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश अझै पनि आर्थिक दबावबाट गुज्रिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नीमा स्मृति प्रतिष्ठानको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले अर्थतन्त्रका सूचकहरु केही सकारात्मक भइरहे पनि अझै आर्थिक दबावमा रहेको भन्दै प्रधानमन्त्रीले यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘अहिले अर्थतन्त्रका सूचकहरु केही सकारात्मक हुन गएता पनि हामी अझै आर्थिक दबावमा छौं । यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छौं । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार अगाडि बढिरहेको छ ।’ प्रधानमन्त्री प्रचण्डले सुशाासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढिरहेको बताए । देशमा विद्यमान चुनौतीहरुलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने उनको भनाई छ । उनले भने, ‘सुशाासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको सन्दर्भमा विद्यमान चुतौतीहरुलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार