दिउँसो १ बजे होटल परिसरबाट निस्किएर उनी सोझैं बिर्तामोड १ स्थित इकम कलेज आएका थिए । हजारौं समर्थकका बीच कलेज परिसर आएका पूर्व राजा ज्ञानेन्द्रको समर्थनमा ‘राजा आउँ देश बचाउ’, ‘गणतन्त्र चाँहिदैन’ गणतन्त्र मूर्दावाद, ‘हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा घन्किएको थियो । बिर्तामोड पश्चिम भाटभटेनी परिसरबाट झण्डै एक किलोमिटर पश्चिम उत्तर कलेज परिसरसम्म रहेको झण्डै एक किलोमिटर पूर्व राजा हिँडेर सर्बसाधारणसंग भेट गर्दै गएका थिए । सो बखत हजारौ समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई पुष्पगुच्छा प्रदान गरेका थिए ।
राप्रपाका केन्द्रीय अध्यक्ष लिङ्देन सहित प्रदेश र जिल्ला अध्यक्ष सहितका नेता तथा कार्यकर्ता तथा कडा सुरक्षाबीच पूर्व राजा ज्ञानेन्द्रलाई कार्यक्रम स्थल पु¥याएका थिए । कलेज परिसर पुगेलगत्तै पृथ्वीनारायण शाहको शालिक अनावरण पछि दुई तल्ला माथि तयार पारिएको आसनमा उनलाई बसाइएको थियो । छेउमा राप्रपाका अध्यक्ष लिङ्देन र अर्काे छेउमा कलेजका संस्थापक आलोक कार्की बसेका थिए ।
झापामा राजाको कार्यक्रममा दुर्गा प्रसाईँका पक्षमा नाराबाजी
झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईँका पक्षमा नाराबाजी भएको छ ।
पूर्व राजाले झापास्थित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रममा प्रसाईँका पक्षमा नाराबाजी भएको हो ।
स्थानियले ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाईँ जिन्दावाद’ भन्ने नारा लगाएका हुन् ।
प्रतिक्रिया