गंगाराजको इलाम स्थित घर
गंगाराज करिब दुई महिनाअघि रुसी सेनामा भर्ती भएका थिए । गंगाराजको गएको जुलाई १५ मा मृत्यु भएको दूतावासले जारी गरेको पत्रमा उल्लेख छ । गंगाराजसँगै दोलखाका राजकुमार रोका र स्याङ्जाका प्रितम कार्कीको समेत मृत्यू भएको दूतावासको पत्रमा उल्लेख छ ।
अन्तिम पटक श्रीमती याङ्गिला शेर्पासँग नोभेम्बर १२ मा कुरा भएको थियो । गंगाराजकी श्रीमती याङ्गिलाका अनुसार आफु सात दिन युद्धमा गएको र अब पठाए पुन जानु पर्ने भनेर छुटेका थिए ।
उनी नेपाली शेनाको जागिर छोडेर बैदेशिक रोजगारीमा गएका थिए । घरमा गंगाराजकी श्रीमती र उनका छोरा पाल्देन बस्दै आएका थिए । श्रीमती याङ्गिला शेर्पा र सात वर्षका छोरालाई श्रीमान र बुबाको मृत्यूले नराम्रो चोट पुगेको छ । ७० वर्षिय बुबा कृष्णबहादुर र ६२ वर्षिय आमा सन्तमाया समेत छोराको मृत्यूले भावबिभोल भएका छन् । बुबा सन्तबहादुरले भने ‘कमाउन भनेर गएको थियो, मर्न भनेर त गएको होइन नि’ ।
जेठो छोरा समेत सानै उमेरमा बितेको बुबा सन्तबहादुरले बताए । गंगाराज उनका कान्छा सन्तान हुन् । माइला छोरा समेत बैदेशिक रोजगारीमा नै गएको बताइएको छ ।
त्यसपछि गंगाराजसँग कुनै सम्पर्क हुन नसकेको श्रीमतीको भनाई छ । वडा कार्यालय मार्फत जानकारी आएको उनले सुनाइन् । त्यसपछि बिभिन्न सामाजिक सञ्जाल मार्फत समेत श्रीमानको मृत्युबारे थप जानकारी प्राप्त भएको उनले सुनाइन् ।
आफुलाई नियम र कानुन समेत धेरै थाहा नभएकाले घरसम्म शव ल्याउन पहल गरिदिन आग्रह गरेकी छन् ।
इलाम नगरपालिका वडा ९ का वडाध्यक्ष गोपाल चौहानले गंगाराजको शव घर ल्याउन वडाले सकेसम्म पहल गर्ने बताए । उनले हालसम्म समेत आफुहरुले सहयोग गर्दै आएको र मिल्न सकेसम्म सहयोग गर्ने बताएका छन् ।
प्रतिक्रिया