पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पुरीले उल्लेखनीय योगदान पु¥याएको भन्दै पतालगंगा वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको सहकारीका अध्यक्ष गिरीले बताए । पत्रकार पुरीसहित सहकारीका जेष्ठ सदस्य करणध्वज लिम्बू, बीरवहादुर गुरुङ, उत्कृष्ट उद्यमी हेमप्रसाद उप्रेती, ममता राजवंशी, उत्कष्ट बचतकर्ता चन्द्रवहादुर कटुवाल, रामवाबु सहनीलाई समेत नगदसहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा साकोसकी कर्मचारी कुमारी घोर्साई दासलाई नगदसहित सम्मान गरिएको थियो ।
आर्थिक वर्ष २०७९र०८० असार मसान्तसम्म एक हजार एक सय ८२ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी ७७ लाख ९ सय रुपैयाँ रहेको अध्यक्ष गिरीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीले आर्थिक वर्ष २०७९र०८० मा कुल लगानी ४४ लाख ९९ हजार सात सय ६७ रुपैयाँ ३९ पैसा गरेको बताइएको छ ।
सहकारीका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका अध्यक्ष ढकाल, कनकाई नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जिल्ला बचत संघ झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, बिर्तामोड साना सहकारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वास्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीका उपाध्यक्ष टंकप्रसाद भेट्वालले स्वागत गरेको कार्यक्रमको संचालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।
प्रतिक्रिया