आयोजकका अनुसार ४५ दिनमा सबै कन्सर्टहरू सम्पन्न भएका छन् । छोटो समयमा धेरै स्थानमा र विश्वस्तरीय कन्सर्ट स्थलहरूमा कार्यक्रम आयोजना भएका थिए । हरेक विकेन्डमा आयोजित कन्सर्टमा नेपालीभाषी डायस्पोरा समुदाय, दोस्रो पुस्ताका नेपालीहरू र केही विदेशी नागरिकहरूको पनि सहभागिता थियो ।
अस्मिताको अमेरिका यात्रा अत्यधिक सफल र उत्कृष्ट रहेको प्रतिक्रिया प्राप्त गरेको आयोजकमध्ये एक शरद युवराज सिंहले बताए ।
‘यस क्षेत्रमा काम गरेको डेढ दशकभन्दा लामो अवधिको अनुभवमा हामीले गायिका अस्मितालाई कोमल आत्मा भएकी, मिलनसार, राम्रो संस्कारी र नेपाली डायस्पोरा समुदायलाई राम्रोसँग बुझ्ने व्यक्तिको रूपमा पायौं’, सिंहले भने ।
उनको कन्सर्ट आयोजना गर्न पाउँदा गर्व अनुभव गरेको उल्लेख गर्दै सिंहले नेपाललाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूसँग अझ नजिक्याउन अस्मिताले मद्दत गरेको विश्वास लिएको बताए ।
अस्मिताले पछिल्लो समयको चर्चित गीत ’काले केटाले’ सहित ‘टाढा भए पनि’, ‘मेसो मिलाएर’, ‘रमरम मरौटी’, ‘उता परेली झिमझिम भो’, ‘फूलै फूल दिन्छौ कि’ लगायत दर्जनौँ गीतहरूले दर्शक झुमाएकी थिइन् ।
प्रतिक्रिया