चितवनमा माओवादीलाई निर्वाचनमा आफ्नो स्थान छोडिदिएर संगठन कमजोर बनाएको भनेर नेता कोइरालाले सांकेतिक रुपमा सभापति देउवालाई त्यसको जिम्मेवार रहेको टिप्पणी गरेका छन्। कोइरालाले चितवनमा आफ्नो पार्टी किन कमजोर हुँदै गयो भन्ने बिषयमा सांकेतिक रुपमा भने, ‘केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको छ।यो कांग्रेसकै केन्द्रीय नेतृत्वका कारण भएको हो। यसको नतिजा चितवनमा कांग्रेसको सङ्गठन कमजोर हुँदै गएको छ। यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्छ।’ चितवनका निर्वाचन क्षेत्र, पालिका, वडा मात्र नभई टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी सङ्गठन कमजोर हुँदै गएको नेता कोइरालाको भनाइ थियो। गएको स्थानीय निर्वाचनमा माओवादी अध्यक्ष दाहालकी छोरी रेणु दाहाललाई भरतपुर महानगरको प्रमुख बन्न मार्ग प्रशसस्त गर्दै सभपति देउवाले आफ्ना दावेदार नेताहरुलाई बलपूर्वक दमन गरेको भनेर असन्तुष्टि चुलिएको थियो। पछिल्ला निर्वाचनहरुमा चितवनमा नेपाली कांग्रेसको समर्थक मतको सम्मान गर्न नसकेको भनेर सभापति देउवा आलोचित हुँदै आएका छन्। नेता कोइरालाले ती असन्तुष्ट नेता कार्यकर्ताको दविएको आवाजलाई सम्वोधन गरेर सभापति देउवाको आलोचनाको स्वरलाई बलियो बनाईदिएका छन्।
यो पृष्ठभूमिमाथि टिप्पणी गर्दै कोइरालाले कांग्रेस एक्लै चुनाव लडेत्रमात्र बलियो पार्टी बन्नसक्ने बताए। ‘जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैनौं तबसम्म पार्टी झनझन् कमजोर हुँदै जान्छौ’, उनको भनाई छ।महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दासम्म पार्टीको भ्रातृ संस्था तथा विभागलाई पूर्णता दिन नसक्नु पार्टी नेतृत्वको कमजोरी भएको नेता कोइरालाको आरोप छ। सभापति देउवाले पार्टी संगठनमा पक्षपाती व्यवहार गरेकाले भ्रातृ संगठनहरु समेत व्यक्तिवादी प्रभावमा परेर कमजोर हुँदै गएको नेता कोइरालाको भनाई छ।
प्रतिक्रिया