काठमाडौं । दुवईमा जारी आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ ।
शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन जोडेको हो ।
नेपालका लागि अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले । ६७ बलमा उनले २ चौका र ३ छक्का प्रहार गरे । ऐरीले ४३ बलमा अर्धशतक पूरा गरेका थिए ।
त्यस्तै, उत्कृष्ट फिनिसिङ गर्ने क्रममा आठौं नंबरमा आएका करण केसीले ३१ रनमै ४९ रन बनाए । उनी अर्धशतक बनाउनबाट एक रनले मात्रै चुके । सो क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए ।
त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए ।
अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २–२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट लिए ।
अहिले अमेरीका व्याटिगं गरिरहेको छ ।
जारी शृंखलामा नेपालले खेलेका दुवै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो ।
त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।
प्रतिक्रिया