कार्यक्रममा महिला हिंसा अन्त्य होस, महिला माथि हुने विभेद अन्त्य गरौँ, महिला पनि समाजका व्यक्ती हुन, जस्ता लगायतका नारा लगाएर र्याली निकालिएको थियो । भिओसी संस्था द्वारा गठन गरिएको आत्म निर्भर समूहलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताले एक लाख दिने घोषणा गरे। उनले भ्वाईस अफ चिल्ड्रेनले महिलाहरूलाई आर्थिक सामाजिक र राजनीतिक क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू गर्दै आएकोमा खुसी व्यक्त गरे।
विभिन्न सेवा, सुविधाबाट वञ्चित बालबालिका, महिला, ज्येष्ठ नागरिकहरूलाई विभिन्न कार्य कम गरी आत्म निर्भर बनाउन सहयोग गरेकोमा खुसी रहेको देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विधा यादवले बताए ।
कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेन देवानगञ्जका कार्यक्रम अधिकृत सम्झना चौधरी, भ्वाईस अफ चिल्ड्रेन देवानगञ्जका सदस्य रामता पासवान (खुसी) दुर्गी पासवान (चमेली), गाउँपालिका वडाध्यक्ष, ईलाका प्रहरी इन्चार्ज, वाल सञ्जाल सुनसरीका बालबालिका गाउँपालिकाका बाल विकास शाखाका कर्मचारी, आत्मनिर्भर समूहका महिला र स्थानीय व्यक्तिहरू सहित दुई सय बढीको सहभागीता रहेको थियो ।
प्रतिक्रिया