ज्ञानेन्द्र शाहको सन्देश, राजनैतिक दलसँग सहकार्य गर्न तयार

सोमबार, ०७ फागुन २०८०
विराटनगर / पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै राजसंस्था र दलबिच सहकार्य आवश्यक रहेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा जारी सन्देशमा राजनैतिक दल र राजसंस्थाले सहकार्य गर्नुपर्ने बताएका हुन् । उनले दल र राजसंस्थाबिच सहकार्य गर्न अब विलम्ब गर्न नहुने उल्लेख गरेका छन् । उनले अहिलेका नेताहरूबाट देश विकास हुन नसकेको भन्दै कडा आलोचनासमेत गरेका छन् । शाहले दोहोरिए वा बदलिएर जो सत्तामा आए पनि उनीहरूले खासै देशका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् । गणतन्त्र स्थापनापछि परराष्ट्र नीतिसमेत कमजोर बनेको बताउँदै नेताहरूले दलगत र आफ्नो स्वार्थका लागि कमजोर परराष्ट्र नीति अङ्गालेको टिप्पणी गरेका छन् । जनताको नासो जनतालाई सुम्पिएर समावेशी शासनको अपेक्षा गरे पनि अहिलेका दलहरूबाट त्यस्तो हुन नसकेको उल्लेख गर्दै ज्ञानेन्द्र शाहले हालैको आम निर्वाचनबाट केही राम्रा व्यक्तिहरू निर्वाचित भएर आस जगाएको समेत बताएका छन् । काम कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही प्रकारको आचरणले मात्रै प्रजातन्त्रको पूजा हुने उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार