काठमाडौं- आज देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।
महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार अहिले गण्डकी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ। साथै मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेश प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया