इलाममा बालआश्रममा आश्रित चार जनालाई नागरिकता वितरण

सोमबार, १४ पुस २०८२

इलाम : इलाम नगरपालिका–९ मा रहेको राहसल बालआश्रममा आश्रित चार जनालाई नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले लामो समयदेखि आश्रममा बस्दै आएका मौसम तामाङ, भीम थापा मगर, अर्जुन राई र टेकबहादुर दर्जीलाई नागरिकता वितरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार उनीहरूलाई वंशजको आधारमा नागरिकता प्रदान गरिएको हो । नागरिकताको प्रमाणपत्रमा जन्मस्थान राहसल बालआश्रम र ठेगाना इलाम नगरपालिका–९ उल्लेख गरिएको छ ।

त्यस्तै, नागरिकताको बाबु र आमाको विवरणसम्बन्धी महलमा भने कुनै पहिचान उल्लेख गरिएको छैन । नागरिकता प्राप्त गरेपछि उनीहरूलाई शिक्षा, रोजगारी तथा सामाजिक सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार