काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकता भएको छ । पेरिसडाँडामा आज सम्पन्न वार्तापछि दुवै दल एक भएका हुन् ।
एकतासम्बन्धी सहमतिअनुसार पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रहने र चुनाव चिह्न ‘तारा’ प्रयोग गर्ने निर्णय गरिएको छ । साथै, संघ, प्रदेश र स्थानीय तहका दुवै पार्टीका जनप्रतिनिधि अब नेकपाकै जनप्रतिनिधिका रूपमा रहने सहमतिमा उल्लेख गरिएको छ ।
एकता सम्झौतामा नाउपाका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठ तथा नेकपाका तर्फबाट संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।
पार्टी एकतासँगै आगामी राजनीतिक गतिविधि र संगठन विस्तारलाई संयुक्त रूपमा अघि बढाउने सहमति भएको दुवै पक्षले जनाएका छन् ।
प्रतिक्रिया