राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।
उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको हो ।
सहमती अनुसार रास्वपा र घिसिङको पार्टीबिच एकीकरण हुने छ ।
कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको जनाइएको छ ।
एसअघि बालेन र रविबिच रास्वपाबाटै निर्वाचन लड्ने सहमति भएको थियो ।
प्रतिक्रिया