झापामा मोटरसाइकल चोर सक्रिय : चोरी भएका ८ मोटरसाइकल बरामद

शुक्रबार, ११ फागुन २०८०
झापा ।  चोरी भएका आठवटा मोटरसाइकल झापामा प्रहरीले बरामद गरेको छ । बिर्तामोडसहित जिल्लाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल प्रहरीले ताप्लेजुङबाट सातवटा  बरामद गर्दै चोरीमा सम्लग्न भएको आरोपमा एक व्यक्तिलाई समेत सार्बजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाले बरामद गरिएका मोटरसाइकल र बिर्तामोड ६ निवासी २७ वर्षीय बालकुमार मगरलाई सार्वजनिक गरेको हो । गत शुक्रवार १ थान मोटरसाइकलसहित पाँचथरमा मगरलाई प्रहरीले पक्राउ गरेको थियो । सोही युवासँगको अनुसन्धानका क्रममा प्रहरीले चोरीका मोटरसाइकलहरु ताप्लेजुङमा बिक्री गरिहरेको सूचना पाएको थियो । प्रहरीले ताप्लेजुङस्थित मिरिङ्देन गाउँपालिका र फुङ्लिङ नगरपालिकाबाट चोरी भएका मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्की, प्रहरी निरीक्षक ढुण्डीराज गिरी लगायतले चोरी भएका मोटरसाइकलसहित चोरीमा संलग्न लाई सार्वजनिक गरेका हुन् । झापाबाट मोटरसाइकल चोरी गर्नेहरुले २० देखि ४० हजारमा मोटरसाइकल बिक्री गर्ने गरेको खुलेको छ । ताप्लेजुङमा सोही मोटरसाइकलहरु ८० हजारदेखि १ लाखसम्म बिक्री भइरहेको प्रहरीले जनाएको छ । सबै मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको छ । झापामा पछिल्लो केही समय सयौं मोटरसाइकल चोरी भएका छन् । प्रहरीका अनुसार झापामा मोटरसाइकल चोरी गर्नेहरुले कावेलीसम्म पु¥याइदिने गरेका थिए । त्यहाँबाट ताप्लेजुङका कारोवारीहरुले बुझेर विभिन्न स्थानमा बिक्री गर्दै आएको बुझिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार