झापा । झापामा आज एक बालकको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका – ४ भानटोली निवासी इनाम हुसेन शेखको ४ वर्ष ६ महिनाका छोरा अपित हुसेनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।
गिरीका अनुसार घर नजिकै रहेको परालको कन्यूमा अचानक आगो लागेको र सोही आगो घरमा सल्किएर हुसेनको मृत्यु भएको हो ।
आगलागीमा परी बालकको मृत्यु भएसंगै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मिलन केसी सहितको टोली घटनास्थल पुगेको र अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया