उक्त कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, जनप्रतिनिधि, पूर्वशिक्षाधिकृतहरु, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू, शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो । वि.सं. २०४९ पौष १४ गते स्थापना भएको सो कलेजले वि.सं. २०५० भाद्र २० गते १२ जना शिक्षार्थी अधिकृतहरू समावेश गरी पहिलो पटक कमान्ड तथा स्टाफ तालिम थालनी गरेको थियो ।सुनसरी इटहरी २ घर भएका सह सेनानी राकेश बस्नेत शैक्षिक अध्ययनका साथै समग्र तालिममा सर्वोत्कृष्ट विद्यार्थी अफिसर बनेका छन । तालिमको मास्टर्स इन् स्ट्राटेजिक स्टडिज प्रोगाम विषयको शोधपत्रतर्फ सेनानी उज्ज्वल खड्का र केन्याका मेजर ओस्कर एमविटा ओमाहे संयुक्त रूपमा सर्वोत्कृष्ट भएका छन् । विदेशी शिक्षार्थीहरू तर्फ भारतीय सेनाका मेजर रमेश साङ्वानले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थीको अवार्ड प्राप्त गरेका छन् ।
प्रतिक्रिया